Rule 5
प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकार
ऐन र यस नियमावलीमा अन्यत्र लेखिएका काम,
कर्तव्य र अधिकारका अतिरिक्त प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) ऐन र यस नियमावली बमोजिम सहायक नामदर्ता अधिकारीले गर्नु पर्ने कामको समन्वय, निरीक्षण र अनुगमन गर्ने,
(ख) मतदाता नामावली तथा अन्य विवरण तयार गर्ने काममा कुनै समस्या उत्पन्न भएमा
सोको निराकरण गर्ने,
(ग) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने काममा संलग्न कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कारको लागि आयोगमा सिफारिस गर्ने,
(घ) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने काममा संलग्न कर्मचारीको काम कारबाही सम्बन्धमा प्राप्त उजूरीको छानवीन गरी आवश्यक कारबाहीको लागि आयोग समक्ष पठाउने,
(ङ) मतदाता नामावली र मतदाताको अन्य विवरण तयार गर्ने काममा संलग्न कर्मचारीले ऐन र यस नियमावली विपरीत काम गरेको देखिएमा वा लापरवाही साथ काम गरेमा निज उपर विभागीय कारबाही गर्न आयोग समक्ष लेखी पठाउने,
(च) ऐन, यस नियमावली र सो अन्तर्गत बनेको निर्देशिका बमोजिम सहायक नाम दर्ता अधिकारीले गर्नु पर्ने काम तथा पालना गर्नु पर्ने कर्तव्यको सम्बन्धमा प्रशिक्षण वा निर्देशन दिने,
(छ) ऐन र यस नियमावली बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नको लागि वार्षिक रुपमा योजना तथा कार्यक्रम तयार गरी आयोगमा पठाउने र
(ज) आयोगले तोकेको अन्य काम गर्ने ।